Khadya Bibhag

राजेन्द्र महतोले भने, अहिलकै रुपमा सविधान आयो भने देशमा नाकाबन्दी हुन्छ

काठमाडौ, साउन २५ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै नेतालाई दानापानी दिन गलत ढंगले संविधान जारी गर्न खोजेको भन्दै अहिले जनआकांक्षा भन्दा जस्तो सुकै भए पनि संविधान जारी गरेर राष्ट्रपतिदेखि प्रधानमन्त्री बनाउने उद्देश्य मात्रै भएको दावी गरे ।
उनले अहिलेको संघीयताको सीमांकन महेन्द्रबादी सोच भएको दावी गर्दै चार दलका नेताहरु महेन्द्रको नयाँ अवतार बनेको आरोप लगाए ।
महतोले विगतमा प्रतिगमन गर्ने राजाको अवस्था के भएको र अहिले प्रतिगमन गर्ने काँग्रेस–एमालेको अवस्था के हुन्छ भनेर कल्पना गर्न आग्रह गर्दै अहिलेको संविधान मधेसले नमान्ने दावी गरे ।
उनले भने–यो संविधान काम लाग्दैन । जन्मिनु भन्दा पहिला नै तुहिन्छ । तुहिएन जन्मियो भने पनि काम नलाग्ने अपाङ्ग जन्मिन्छ ।
उनले अन्तरिम संविधानलाई बटम लाईन बनाएर संविधान बनाउनु पर्छ भन्ने माग आफूहरुको नयाँ नभएको स्पष्ट पार्दै ूत्यसलाई लत्याएर गए कल्पाना बाहिरको आन्दोलन हुने चेतावनी दिए ।
महतोले भने– अहिलेकै रुपमा संविधान आए शासक वर्गलाई चेताउन नाकाबन्दी हुन्छ, कल्पना बाहिरको आन्दोलन हुन्छ । हामीले दुनियाँ छाड्ने कसम खाईसकेकालाई संविधानसभा छाडेर आन्दोलनमा जानु ठूलो कुरा होईन ।
उनले संविधानसभा औचित्य हिन भईसकेको भनेर मधेसी मोर्चामा छलफल सुरु भईसकेको भन्दै अब जति ठूलो प्रतिगमन हुन्छ त्यती ठूलो आन्दोलन हुने ठोकुवा गरे ।
फोरम लोकतान्त्रिकका महामन्त्री रामजनम चौधरीले सीमांकनमा रहेको विवाद अन्त्य नगरे मुलुक गंभिर द्धन्दमा फस्ने चेतावनी दिदै अहिलेपनि केही विग्रिनसकेकोले नेताहरुले सृेटलमेन्ट गरेर गए राम्रो सविधान आउन सक्ने विश्वास ब्यक्त गरे ।
थारुहरुको कैलाली कञ्चनपुर टाउको र सुनसरी, मोरङ्ग झापा खुट्टा भए पनि सीमांकनमा दुबै काटेको भन्दै काग्रेस र एमाले थारु विरोधी पार्टीको रुपमा आएको बताए ।
आफूहरुले असहमतिको विषयमा संविधानसभामा विपक्षमा मत हाल्ने स्पष्ट पार्दै यसमा काग्रेसका ५० सभासद र एमाओवादीका प्रचण्ड र बाबुराम भट्टराई बाहेकका सबै सभासदहरुको समर्थन रहेको दावी गरे ।
उनले आदीबासी जनजाती, थारु र मधेसीले संयूक्त आन्दोलन गर्ने तयारी गरेको जानकारी दिदै आन्दोलनमा नेपालबन्द सम्म हुने जानकारी दिए ।
नेपाली काग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमाले र काग्रेसवीच पहिला नै संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी सात बुँदे सहमति भईसकेको र त्यसमा काग्रेस प्रतिबद्ध रहेको भन्दै अब काग्रेसले सरकारको नेतृत्वको दावी नगर्ने स्पष्ट पारे ।
ढुंगानाले भदौको पहिलो साताभित्र संविधान जारी हुने विश्वास ब्यक्तगर्दै त्यस लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिने बताए ।
उनले जनताले माग अनुसारको सीमांकनमा केही जिल्ला संसोधन हुने स्पष्ट पार्दै बाँकी विवादित विषयहरु भने आयोग बनेर सुल्झाउने स्पष्ट पारे ।
संबाद समितिले तयार पारेको अन्तिम प्रतिवेदनलाई लिएर सबै पार्टीमा विवाद रहेको भन्दै संविधान निर्माणमा एकताबद्ध भएर कमजोरीहरु सच्याउनु पर्ने बताए ।
उनले भने–कैलालीको पूर्व तर्फको चार प्रदेश मात्रै भए पनि हुन्छ भनेर भनेका छन । त्यो विषयमा सम्झौतामा आउनै पर्छ नभए गंभिर दुष्परिणाम आउन सक्छ । राष्ट्रिय नेताहरुले क्षेत्रीय राजनीति गरे । अखण्डले मुलुकलाई दुर्भाग्य तिर लैजान्छ ।
संविधानसभाबाट संविधान जारी हुने प्रक्रिया सकारात्मक भएको र मस्यौदाले मुलुकलाई अग्रगमन तिर लैजाने दावी गर्दै सहमति गर्दा कसैका कुनै र कसैका कुनै कुरा छुटेको बताए ।

तपाईको प्रतिक्रिया