महोत्तरी,साउन २५ गते । सोमवार साँझ महोत्तरीको वर्दिवासमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । सिन्धुलीवाट बर्दिवास तिर जाँदै गरेको ज १ ख ५२९ नम्बरको यात्रुबाहक बस सडकवाट पल्टिंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । तिर्थयात्रीहरु बोलबम यात्रामा सहभागि यात्रुहरु सवार बस साँझ दुर्घटना भएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ । दुर्घटनाको वारेमा अनुृसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया