काठमाडौ साउन २४ गते । एकीकृत माओवादीको फरकमत सहित चार दलले गरेको सिमाङ्कनलाई सिरहामा व्यापक विरोध भएको छ । विहान ११ वजे माडरमा विरोध प्रदर्शन गरेको छ भने साँझ सिरहा बजारको हेमनारायण चौकमा टायर बालेर शुरु भएको प्रदर्शन जुलुससहित नगर परिक्रमा गरेर त्यही टुङ्गिएको थियो ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव रामरिझन यादवको नेतृत्वमा भएको सो कार्यकक्रममा यादवले चार दलले गरेको नामाङ्कनले मधेशलाई अपमान गरेको बताउनु भयो । सिरहाको हेमनारयण चौकमा बोल्दै यादवले भने, मधेश पहाड मिलाएर नै एकता कायम हुन्छ भने सप्तरीदेखि पर्सासम्म बनाइएको दोस्रो प्रदेशमा उदयपुर, सिन्धुली तथा मकवानपुर किन मिलाइएन । यसमा पहाडी शासकले वर्षौदेखि मधेशमाथि गर्दै आएको विभेदको पुनरावृति हो । तराईमधेश प्रदेश शोषित पीडित तराईवासीहरुको हो त्यसैले यसकालागि सबै मधेशी एकजूट भएर लड्नु पर्ने आह्वान गर्नुभयो ।





तपाईको प्रतिक्रिया