Khadya Bibhag

गच्छदारले भने, यादवका कारण मात्र मधेश प्रदेश भएको हो

काठमाडौ साउन २४ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना दलका असन्तुष्ट नेताहरुलाई बोलाएर मधेश प्रदेशको स्थापनाको कारण खुलासा गरेको छ ।
चार दलले ६ प्रदेशमा गरेको सहमति प्रति असहमति जनाउँदै आएका आफ्ना पार्टीका नेताहरुलाई सिहदरवारको आफ्नो संसदीय दलको कार्यालयमा बोलाएर उनीहरुको मन जित्ने प्रयास गरेका थिए । उनले आफ्ना दलका असन्तुष्ट नेताहरुलाई मनाउनका लागि हरेक एक प्रयास गरेका थिए तर अन्त्यमा कसैले कुरा नमानेपछि उनले मधेशका आठ जिल्ला सप्तरीदेखि पर्सासम्म यादवहरुको बर्चस्व रहेको र यादवहरुले कसेर आन्दोलन गरेको कारण त्यो प्रदेश सुनिश्चित भएको बताएको थियो ।
थारुहरुले एक त आन्दोलन गर्न सकेन र दोस्रो नेपालमा एकै ठाउँमा थारुहरुको बसोवास रहेको छैन, छरिएर रहेका कारण आन्दोलनमा बल नपुगेकोले थारुहट प्रदेश नदिएको गच्छदारले दावी गरेको बैठकमा सहभागि एक नेताले बताए ।
थारुहरु पश्चिममा छन्, मध्यपूर्वी क्षेत्रमा, तथा पूर्वी तराई तथा कतै कतै पहाडमा रहेका कारणले थारुहरुको अवाज नसुनिएको दावी गर्दै थारु नेताहरुको चित्त बुझाउने प्रयास गरिएको थियो । त्यसपछि थारु नेता लक्ष्मण थारुले थारुहरु आन्दोलन नगरेको होइन, आन्दोलन गरेपछि विभिन्न सम्झौताहरु पनि भएको तर त्यसलाई सरकारले कार्यान्वयन नगरेको बताउँदै अब थारुहरु पुनः आन्दोलन गर्ने चेतावनी त्यही दिएका थिए ।
६ प्रदेशको बारेमा पार्टीमा देखिएको विवादको बारेमा पार्टीको राजनीतिक समितिको बैठक बोलाएर त्यसमा छलफल गरिने तय भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया