Khadya Bibhag

शिर्षनेताले गरेको सहमतिलाई मधेशी जनता उपेक्षा गर्दै विभिन्न ठाँउमा विरोध प्रर्दशन


काठमाडौँ साउन २४ गते । चार प्रमुख राजनीतिक दलहरु मिलेर जनताको भावना विपरीत सहमति भएको केही घण्टा नवित्दै सो सहमतिको विरुद्ध विभिन्न मधेशवादी दलहरु प्रदर्शनमा उत्रेका छन् । चार दलीय सहमतिको विरोध गर्दै आज कपिलवस्तुमा विभिन्न राजनीतिक दलहरुले प्रदर्शन गरेका छन् । काग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक बीच शनिबार राती भएको सहमति मधेश विरोधी भएको भन्दै तमालोप ,संघीय समाजवादी फोरम नेपाल सदभनवना र स्थानियले आज कपिलवस्तुको तौलिहवा,महाराजगन्ज, बहादुरगन्ज र कृष्णनगर चोकमा चार दलका शिर्ष नेताहरुको पूत्ला दहन गरी विरोध जनाएको हो । अबेर राती दलहरुले गरेको सहमती घोर मेधश विरोधी भएको भन्दै चार दलिय षडयन्त्रको दास्तावेज रहेको ठहर गर्दै एक मधेश एक प्रदेश, मधेशीको हक अधिकार सहितका संविधान आफुहरुलाई चहिएको तमालोपका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि इश्वर दयाल मिश्राले जनाकारी दिनु भयो । अहिले देशको शासकहरुले जबरजस्ती मधेश विरोधी सविधान जारी गर्न लगेको बताउनु भयो । उहाले भन्नु भयो एक मधेशी भएकोले म यस्को विरोध गर्छु र यो सहमती जब सम्म सच्चाइदँैन तब सम्म विरोध गरि रहने छु । शानिवार राती भएको सहमतीको विरोध स्वरुप साउन ३० गते देशै भरी मसाल जुलुस गर्ने र ३१ गते आमहडताल गर्ने मिश्राले बताउनु भयो । त्यस्तै यो सहमती मधेश विरोधी भएको र यस्तो सहमतीले मधेशलाई उपेक्षा गरेको बहादुरगन्जका युवा दिपक शुक्लाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया