Khadya Bibhag

देशैभरि ६ प्रदेशका खाका जलाउँदै मधेशी दल

काठमाडौ साउन २४ गते । चार दलले हिजो राती ६ प्रदेशमा गरेको सहमति विरोधमा मधेशवादी दलहरु आज विहानैदेखि मधेशका विभिन्न ठाउँमा ६ प्रदेशको खाका तथा चारै दलका नेताको पुतला जलाई रहेका छन् ।
मधेशवादी दलले मधेशका २२ जिल्लालाई एउटै प्रदेश बनाउने माग गरेका थिए त्यति नभए दुई वा तीन प्रदेशमा पनि कुरा मान्न सकिने भइसकेको थियो तर मधेशमा कति प्रदेश दिएको छ त्यसको कुनै स्पष्टता नरहेको भन्दै खाकाको विरोधमा पुतला जलाएको तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले बताए ।
उनले मधेशी जनतालाई विद्रोहमा जाने बाटो चार दलका नेताले नै देखाई दिएको बताउँदै उनले चार दल राणा र राजाभन्दा पनि निरकुँश भएको कुरा यो प्रदेशको खाका आएकोबाट प्रष्ट भएको बताए ।

सोही पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डलले ६ प्रदेशको खाकालाई अस्वीकार गर्दै त्यसलाई जलाएर अस्वीकार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उपत्यकालगायत धनुषा, सिरहा, सप्तरी, पर्सा, मोरगंलगायतको क्षेत्रमा खाका जलाउने काम जारी रहेको मोर्चाका नेताहरुले जनाएको छ । यो प्रदेशको विरुद्धमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया