Khadya Bibhag

६ प्रदेशमा हस्ताक्षर गरेका गच्छदार पार्टीमा एक्लिए

रामेश्वर राय यादव
काठमाडौ साउन २४ गते । हिजो राती सहमति भएका ६ प्रदेशको खाकाको विरोधमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) असन्तुष्ट नेताहरुको गोप्य बैठक बसिरहेको छ । बैठकमा उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्ष दानबहादुर चौधरी, योगेन्द्र चौधरीगायतका नेताहरुको बैठक बसिरहेको छ ।
जितेन्द्र देव
६ प्रदेशको खाकामा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरप्रति पार्टीका सबै पदाधिकारीहरुले त्यसको विरोध गरेका छन् । यहाँसम्म कि जितेन्द्र देव र रामजनम चौधरी राती बैठक बहिष्कार गरी बाहिरीएका थिए । केही नेताहरुले त यस्तै रह्यो भने पार्टीमा बस्न नसकिने चेतावनी पनि दिएका छन् । ६ प्रदेशको सहमतिमा हस्ताक्षर गर्ने सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार अहिले पार्टीमा एक्लो भएको छ । मधेशका २२ जिल्लामध्ये सप्तरीदेखि पर्सासम्मका जिल्लालाई मात्र मधेशमा राखेका छन् अरु सबै जिल्लालाई पहाडमा मिलाएको छ पार्टीमा त्यसको विरोध भएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले ६ प्रदेशको खाकालाई कुनै पनि हालतमा मान्न सकिने बताएका छन् । आज विहान सहारा टाइम्ससँग कुरा गर्दै उनले मधेशलाई टुक्रा टुक्रा गर्ने र त्यसको पहिचान मेटाउन संघीय प्रदेशलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने र यसको बारेमा पार्टीका अन्य साथीहरुसँग छलफल हुने बताए ।
दानबहादुर चौधरी
त्यस्तै सो पार्टीका अर्का उपाध्यक्ष जितेन्द्र देवले यो खाकालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन, यी प्रदेश आए भने मधेशको अस्तित्व नै समाप्त हुने बताउँदै उनले पार्टीले त्यससलाई अस्वीकार गरिसकेको बताए । अर्का उपाध्यक्ष दानवहादुर चौधरीले पनि यो ६ प्रदेशको संघीय प्रदेशलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन । यो मधेशलाई कमजोर गर्ने, मधेशी जनतालाई विभाजित गर्ने मनसायका साथ यस्तो खाका आएको हो यसलाई मधेशी जनताले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।
रामजनम चौधरी
पार्टीका महासचिव एवं प्रवक्ता रामजनम चौधरीले हिजो राती आएको ६ प्रदेशको संघीय प्रदेशको खाकालाई आफ्नो पार्टीले अस्वीकार गरेको बताए । आफ्ना पार्टीका अध्यक्ष विजयकुमार गच्छदार पनि यसलाई अस्वीकार गरेको बताउँदै अध्यक्ष गच्छदारले नोट अफ डिसेन्ट लेखेर हस्ताक्षर गरेको बताए । 

तपाईको प्रतिक्रिया