हामीले संसारभरीका नेताहरुले देशको सेवा गरिरहेको जानकारी विभिन्न समाचार एजेन्सीबाट पाउने गर्दछौं । तर उनीहरुले देशको सेवा गरेबापत् कति तलब थाप्छन् भन्ने बारे त्यति जानकारी पाएका हुँदैनौं । यहाँ संसारका चर्चित नेताहरुले वार्षिक रुपमा थाप्ने गरेको तलब आधिकारीक रुपमा सार्वजनिक भएको छ ।
१. लि सेइन लोंग, प्रधानमन्त्री, सिंगापुर १,७००,००० अमेरिकी डलर (१,७३,५५,७९,३८० नेपाली रुपैयाँ)
२. टोनी एबट, प्रधानमन्त्री, अष्ट्रेलियाः ४०३,७१२ अमेरिकी डलर (४१,२१,६१,३०७ नेपाली रुपैयाँ)
३. बराक ओबामा, राष्ट्रपति, अमेरिकाः ४००,००० अमेरिकी डलर (४०,८३,७१,६१८ नेपाली रुपैयाँ)
४. जिन–क्लाउडे जंकर, राष्ट्रपति, युरोपेली आयोगः ३४६, ५१९ अमेरिकी डलर (३५,३७,७१,३१२ नेपाली रुपैयाँ)
५. क्रिष्टिना फर्नान्डेज दि किर्चनर, राष्ट्रपति, अर्जे्न्टिनाः ३१५,०९१ अमेरिकी डलर (३२,१६,८५,५५४ नेपाली रुपैयाँ)
६. एन्जेला मर्केल, चान्सेलर, जर्मनीः २३४,४०० अमेरिकी डलर (२३,९३,०५,७६८ नेपाली रुपैयाँ)
७. भ्लादिमिर पुटिन, राष्ट्रपति, रसियाः १३६,००० अमेरिकी डलर (१,३८,८४,६३५ नेपाली रुपैयाँ)
८. नरेन्द्र मोदी, प्रधानमन्त्री, भारतः ३०,३०० अमेरिकी डलर (३०,९३,४१५ नेपाली रुपैयाँ)












तपाईको प्रतिक्रिया