काठमाडाँै साउन २३ गते । प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ भने कुराको प्रतिक्रिया लिनलाई सहारा टाइम्सले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सित कुराकानी गर्दा उनि ६ प्रदेश भएको सहमतिलाई मधेशी मोर्चा र मधेशी जनताले स्वीकार गर्ने छैँन । मधेशमा रहेको २० वटा जिल्लाहरुको भूमि पहाड सित मिसाइएको प्रदेश हामीले कुनै हालतमा स्वीकार गर्दैनौ ।
मधेश र मधेशी जनताको मर्म र भावना विपरित प्रदेश आयो र मधेशको कुनै पनि भाग पहाडसित मिसाईयो भने त्यस्तो प्रदेशलाई हामीले स्वीकार गर्ने छैनौँ । र फेरी पनि मधेशको जनतालाई न्याय दिलाउन सडकवाट भएपनि संघर्ष गर्न तयार छौँ ।
साथै ६ प्रदेशको खाकामा भएको सहमतिमा अध्यक्ष गच्छेदारले वैठक बहिष्कार गर्नु भनेको उनले बाग्रेनिङ्ग गरि राख्नु भएको आरोप लगाउनु भएको छ । विजय गच्छेदारलाई कुनै पद दिइयो भने उनले ६ प्रदेशमा पनि सशमति जनाइ हस्ताक्षर गर्न पछि पर्दैन भने जस्ता कडा आरोप पनि लगाउनु भएको छ ।
अध्यक्ष उपेन्द्र यादव पार्टीको कार्यले गर्दा लमजुङ्गमा हुनुहुन्छ ।



तपाईको प्रतिक्रिया