काठमाडौँ २३ साउन । प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले बतायो ।
६ प्रदेशमा सहमति भएको भनेर सहारा टाइम्सले सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण सित कुरा गर्दा उनले ६ प्रदेशमा भएको सहमति लाई हामी मान्ने छैनौँ । त्यस्तो सशमतिको हामी घोर विरोध गछौँ । हाम्रो मधेशको जुन बटमलाईन रहेको छ त्यसमा हामी सदैव अडिग रहने प्रतिवद्धताको साथ यो ६ प्रदेशको सिमांकन र नामांकनलाई हामी कदापि पनि स्वीकार्य गर्ने छौनौ भन्ने कडा प्रतिक्रिया व्यक्त गर्नु भयो ।
त्यसै गरि तराई मधेश लोकतान्त्रिक पार्टीको उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लासित सहाराटाइम्सले सम्पर्क गर्दा उनी अच्चमित भएर अहिले सम्म कुनै प्रकारको प्रदेश खाकामा सहमति नभएको वताए । साथै यदि शिर्ष नेताहरुले ६ प्रदेशमा सहमति ग¥यो भने हामी त्यसलाई स्वीकार गर्दैनौ , मधेश कुनै पनि भुमि पहाडसित जोडने प्रदेश आयो भने हामी फोरी पनि संघर्ष गर्न तयार हुन्छौ भन्ने कुरालाई पुष्टि गर्नु भयो ।
राष्ट्रिय मधेश समाजवादी पाटीृको अध्यक्ष शरत् सिंह भण्डारीले पनि यो ६ प्रदेशको खाकालाई हामी अस्वीकार्य गरिदिएको छौँ । यसमा हाम्रो पार्टी र मधेशी जनताले कदापि पनि स्वीकार गर्दैन । भन्दै हामी ६ प्रदेशको खाकामा हाम्रो असहमति रहेको जानकारी सहारा टाइम्सलाई दिनु भयो ।
१६ बुदेँमा सहमति जनाएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष विजय कुमार गच्छेदारले ६ प्रदेशको खाकामा सहमति गर्ने कुरा आउदा उनी वैठक बहिष्कार गरि वाहिरिनु भएको थियो । अध्यक्ष गच्छेदार संसदीय दलमा आफ्ना नेता कार्यकर्ताहरु सित छलफलमा रहेको जानकारी स्रोतले दिएको छ । उनकै पार्टीका प्रवत्ता राम जनम चौधरीले अध्यक्ष गच्छेदारले ६ प्रदेशको खाकामा हस्ताक्षर नगर्ने समेत र ६ प्रदेशमा अध्यक्ष गच्छेदारको पनि असहमति रहेको वताए ।



तपाईको प्रतिक्रिया