Khadya Bibhag

सत्तापक्षहरुको संविधान निर्माण गर्ने सोच नै रहेको छैन ; उपेन्द्र यादव

काठमाडौँ साउन २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज_ ले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजवादी फोरमको अध्यक्ष उपेन्द्र यादवले अहिलेको मस्यौदालाई खारेज गरी पुनर्लेखन गरिनुपर्ने भने, साथै ‘अहिलेकै मस्यौदालाई समेटेर संविधान बनाए त्यो संविधानलाई जलाइनेछ । यसलाई कुनैपनि हालतमा कार्यान्वयन हुन दिँदैनौ’, भने दावी गरेको छन् । ‘बैद्य नेतृत्वको नेकपा–माओवादीसहितका १२ दलसँग यसविषयमा कार्यगत एकता भइसक्यो ।’ भन्ने जानकारी दिनु भयो ।

उनले संविधान निर्माणको लागि ‘फाष्ट ट्र्याक’ को नाममा नियमावली उल्लंघन गर्न नपाइने बताए । संघीयता र धर्मका नाममा विभिन्न ठाउँमा गरिएको आन्दोलन सत्तापक्षको उक्साहवटमा भएको उनको आरोप छ । सत्तापक्षहरुको संविधान निर्माण गर्ने सोच नै रहेको छैन भने उनले आरोप लगाएको छन् ।
१६ बुँदे सहमतिमा कांग्रेस–एमाले आफैं टिक्न नसकेको आरोप उनले लगाए । ‘संविधान निर्माण गर्ने ठाउँ संविधान सभा हो’, उनले भने, ‘बालुवाटारमा निर्माण गर्ने संविधान हामी मान्दैनौ ।’
‘पुनःनिर्माण प्राधिकरण र मन्त्रालयको भागबण्डा नमिलेसम्म बालुवाटारमा जति बसेपनि चार नेताले संविधानका लागि सहमति गर्दैनन’, साथै उनीहरु आफैँ एकरातमा सहमति गर्छन, अर्को राति सहमति उल्ट्याउँछन् ।’ र सत्ताको लोभका कारण मुख्य राजनीतिक दलले संविधान नबनाउने भने आलोचना र दावी कार्यक्रमा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया