काठमाडौ साउन २२ गते । सेवा केन्द्र विस्तारको नाममा रौतहटको गौरबाट चन्द्रनिगाहपुर सरकारी कार्यालय सार्ने विरुद्धमा भएको आन्दोलनमा घाइते भएका विद्यानन्द राय यादवको निधन भएको छ । गत चैत्र १८ गतेदेखि भएको आन्दोलनमा यादवको टाउकोमा गोली लागेको थियो । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवका अनुसार विद्यानन्द राय सद्भावना पार्टीका जिल्ला स्तरीय नेता हुन् । रौतहट मुडवलवा वडा न.९ निवासी ४५ वर्षीय घाइते विधानन्द राय यादव विगत चार महिनादेखि अस्पतालमा थिए तर मधेशी दलहरुले कुनै वास्ता नगरेको विद्यानन्द राय यादव परिवारको आरोप छ ।
घाइते भएदेखि अस्पतालमा भर्ना हुँदा नसरकारले कुनै वास्ता गरे न मधेशी मोर्चाका नेताहरु । समयमा राम्रो उपचार भएको भए विद्यानन्द बाच्यो थियो होला ।



तपाईको प्रतिक्रिया