सर्लाही, २२ साउन । धान रोपाइको समयमा पनि पानी नपरेपछि सर्लाहीको मलंगवामा पानीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
सर्लाहीको अधिकांह धान रोप्ने खेतहरु वाझौँ नै रहेकोले पानी नपरेकोले गर्दा पानी माग्दै मलंगवा दुईका स्थानीय किसानहरुले बुधबार राति हिन्दु संस्कारअनुसार शिव, पार्वती तथा अन्य देवीदेवताको आकृति बनाइ पानी माग्दै मलंगवा १ देखि १० नम्बर वडासम्म झाँकी प्रर्दशन गरेका थियो ।
धेरे पहिला देअी यस्तो मान्यता रहेको कारणले बडो विश्वासको साथ प्रर्दशन कार्यक्रम सफल गरेको थिए । यस्तै प्रर्दशन सर्लाहीको स्थानिय गाँहरुमा पनि गरिने गरेको जानकारी स्थानिय विश्वनाथ ठाकुरले जानकारी दिए ।
मलंगवा नगरवासीहरु आ–आफ्नो घरबाट झाँकीमा सहभागी व्यक्तिहरु माथि पानी फ्याकेका थिए । पानी माग्दै निकालिएको झाँकी प्रर्दशनमा भजन किर्तन, कलशसहित ठूलो संख्यामा स्थानीय किसानहरु सहभागी थिए । वर्षा नभएपछि यस वर्ष मलंगवालगायत जिल्लाका अन्य स्थानहरुमा रोपाई हुन सकेको छैन् ।
साउन मशान्त वित्न लाग्यो तर रोपाइमा कुनै प्रगति उन्नती नभएकोले खेतमा धान रोपाई नभएपछि किसानहरु एकदमै चिन्तित भएका छन ।




तपाईको प्रतिक्रिया