धनुषा साउन २१ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले संविधान जारी हुने वातावरणको आवश्यकतामा जोड दिनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रारम्भिक मस्यौदाका सन्दर्भमा जनताले दिएको सुझावलाई सम्बोधन गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले सीमाङ्कनसहितको सङ्घीयता मात्र आफ्नो पार्टीलाई स्वीकार हुने बताउँदै फरक मत राखेर पनि संविधान जारी हुनुपर्छ भन्ने पक्षमा आफू रहेको प्रस्ट गर्नुभयो ।
उहाँले जनमतको सुझावलाई निषेध नगरी नागरिकतामा देखिएको विभेद अन्त्य हुनुपर्ने धारणा पनि राख्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले मधेसी मोर्चाका नाममा एक अर्कालाई निषेध गर्ने राजनीति भइरहेकाले मधेसको मुद्दाको सम्बोधनमा समस्या उत्पन्न भएको छ भन्दै संविधान नै अहिलेको आवश्यकता हो भन्नुभयो ।
मधेसमा प्रदेशको आवधारणाबारेमा आफ्नो पार्टी प्रस्ट भए पनि मधेसी दलहरुमै देखिएको मतभिन्नताका कारण जटिलता थपिएको उहाँले बताउनुभयो ।



तपाईको प्रतिक्रिया