![]() |
| सविधानमा अधिकार माग्दा दलितमाथि प्रहरीको दमन |
काठमाडौँ, साउन २१ गते । दलित समुदायको अधिकारका लागि विभिन्न सङ्घसङ्गठनले छुट्टाछुट्टै आन्दोलन गरिरहेको अवस्थामा एकीकृत आन्दोलनका लागि ‘संयुक्त दलित आन्दोलन’ नामक कार्यदल गठन गरिएको छ ।
आन्दोलनलाई सशक्त बनाउँदै दोस्रो चरणका कार्यक्रम तय गरी सार्वजनिक गर्न आज राजधानीमा बसेको दलित सङ्घसङ्गठनको सर्वपक्षीय बैठकले पूर्वसभासद् परशुराम रम्तेलको संयोजकत्वमा एकीकृत नेकपा९माओवादी० का नेता रणेन्द्र बराली, नेकपा ९एमाले०का नेता गणेश विके, पूर्वसभासद् विनोद पहाडी, दलित नेत्री शोभा दुलाल र दलित आन्दोलनका अगुवा पदम सुन्दाससहित सात सदस्यीय कार्यदल गठन गरेको हो ।
संविधानको प्रारम्भिक मस्यौदा आएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित अधिकार सङ्घर्ष समितिलगायतका सङ्घसङ्गठनले छुट्टाछुट्टै सङ्घर्षका कार्यक्रम गर्दै आएका थिए । दलित समुदायको विषयमा पहिलो संविधानसभाले पारित गरेको विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै दलित समुदायले पहिलो चरणको कार्यक्रम अन्तरगत धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत कार्यक्रम गर्दै आएका छन् ।
आज बसेको बैठकले आन्दोलनका लागि साझा कार्यसूची बनाएको र त्यसलाई राजनीतिक दल र दलित नागरिक समाजको शीर्ष नेतृत्वबाट अनुमोदन गराएर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने कार्यदलका सदस्य रणेन्द्र बरालीले जानकारी दिनुभयो । सभासद् जितु गौतमले अबको आन्दोलन सशक्त बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सभासद् अनिता परियारले राजनीतिक दलका शीर्ष नेताले दलितका विषयलाई नबुझेरभन्दा पनि नचाहेर आपूmहरुका मुद्दा संविधानको मस्यौदासम्म आउँदा कटौती गरिएको धारणा राख्नु भयो ।
दलित अधिकारकर्मी दुर्गा सोबले पहिलो चरणको आन्दोलनमा सबैतिरबाट सकारात्मक सहयोग जुटेको र आन्दोलनले एउटा उचाइ हासिल गरिसकेकाले यसलाई निष्कर्षमा पु¥याउन निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।



तपाईको प्रतिक्रिया