महोत्तरी १९ गते, साउन । महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले श्रीमती सँग झगडा पर्दा विष सेवन गरी आत्महत्या गरेका छन् ।
आत्म हत्या गरि मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका ३३ वर्षीय छोरा जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पारिवारीक घरायसी समस्यालाई लिएर विगत केही दिनदेखि पति–पत्नीबीच झै—झगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए।
गएराति ९ बजेको समयमा विषादी सेवन गरेका जसाउद्दिनलाई राति ११ बजेतिर विषको असर देखापर्न थालेपछि परिवारले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए ।
जसाउद्दिनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया