Khadya Bibhag

दलहरुवीच एकतावद्ध भइ संघर्ष गर्न सहमति

काठमाडौँ १८ साउन । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सम्पर्क कार्यालय वालकुमारीमा विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठक बस्यो । उक्त बैठकमा सहभागी दलहरु चार दलीय (नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक) १६ बू्ँदे सहमतिका आधारमा जारी गरिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा विगतमा भएका जनआन्दोलन, सशस्त्र विद्रोह, ऐतिहासिक मधेश जनविद्रोह तथा आदिवासी जनजाति लगायतका विभिन्न आन्दोलन र आन्दोलनको भावना विपरीत र सरकारले गरेका सहमति र सम्झौता विपरीत रहेको तथा वर्तमान अन्तरिम संविधानले दिएको अधिकार समेत हनन् गरी ल्याइएको मस्यौदा प्रतिगमनकारी भएको हुँदा सोलाई खारेज गराउन एकताबद्व भई संघर्ष गर्न सहमत भएका छन् ।
उक्त बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, नेता देव गुरुङ, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष बृषेशचन्द्र लाल, नेकपा (एकीकृत) का नेता परि थापा, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेन, सद्भावना पार्टीका महासचिव मनिश सुमन, तराई–मधेश सद्भावना पार्टीका नेता रामनरेश यादव, सामाजिक लोकतान्त्रिक पार्टीका कुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र, नेकपाका वरिष्ठ उपाध्यक्ष लोक नारायण सुवेदी, शरण विक्रम मल्ल र क्रान्त्रिकारी कम्युनिष्ट पार्टीका टिके हमाल लगायत नेताहरुको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया