Khadya Bibhag

मन्त्री पण्डितद्धारा सप्तरीको पर्यटकीय स्थलको निरिक्षण

सप्तरी, साउन १७ गते । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज सप्तरीको पर्यटकीय क्षेत्र अन्र्तगत सप्तरीको कन्चनरुप नगरपालिकामा पर्ने धारापानी पर्यटकीयस्थल र धर्मेश्वर महादेव मन्दिरको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा उहाँले यहाँ रहेको पर्यटकीयस्थलको विकासका लागि आपूm र आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्र हाम्रो राष्ट्रिय गौरव भएकोले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, उहाँले संविधान साउन महिनामै जारी हुने पनि बताउनु भयो ।

मन्त्री पण्डितले नेपाली जनताको पसिनाले तलव खाने कर्मचारी जवाफदेही नबने उनीहरुको केही काम नभएको बताउँदै आधा कर्मचारीले मात्र इमान्दारीपूर्वक काम गरिदिए पुग्छ भन्दै उहाँले शिक्षकको नियत खराब भएकै कारण विद्यालयको उन्नती हुननसकेको जिकिर गर्नुभयो ।

यसैबीच, एमाले क्षेत्र नम्बर १ का अध्यक्ष शिबनारायण साहको अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य बसन्त मिश्रसहितकाले कञ्चनरुप नगरपालिकाभित्र रहेका पर्यटनस्थललाई व्यवस्थित गर्ने लगायतका विभिन्न समस्याको समाधानका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए ।

सो आग्रहप्रति मन्त्री पण्डितले यहाँको समस्या बारे समाधानका लागि सक्दोप्रयास गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया