Khadya Bibhag

सद्भावनालाई संविधान सभा परित्याग गर्न धर्ना कार्यक्रम

काठमाडो १७ गते साउनसंविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद वाट मुक्ति प्रप्तिको आशा गरेका  थिए तर संविधान को प्रारम्भिक मसयौदा उत्पिडन र विभेदलाई थप संस्थागत गर्ने मांसिक्ता वाट ओतप्रोत भइ आएकोले मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदाय संग विभेद वाट मुक्तिको एक मात्र माध्यम संघर्ष र आन्दोलननै रहेको ठहर गर्दै   तपसिल अनुसार को बुँदाहरु १. संघियता, स्वशासन, समानता, सम्मान र न्याय का साथै समग्र मधेश एक प्रदेश स्थापना २. मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायलाई राज्यको सम्पुर्ण निकायमा समानुपातिक सहभागिता ३. देशका हरेक नागरिक र हरेक भुभाग को समान विकास, समान सहभागिता, समान अवसर र समान महत्व ४. महान मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलान को जनभावना विपरित संविधानसभाले जनता माथि प्रतिगामि र खसिय अधिनायकवादी संविधान  लादन खोजे निर्णायक संघर्ष गर्ने एजेंडा आंदोलन रत रहेका तराई मधेश राष्ट्रिय अभियान को भातृ संगठन तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले वर्तमान संविधानसभा मधेशी जनताको परिवर्तनवदी जन भावना विपरित प्रतिगमन तिर अग्रसर भएको र दुई तिहाईको गणितिय खेलको उनमादमा रहेकोले मधेशी पार्टिहरुको संविधानसभामा अबको उपस्तिथि जन भावना विपरितको संविधानको मतियार र मधेशी जनताको सिर निहुराउने भुमिका वाहेक केही नहुने यथार्थतालाई मध्य नजर गर्दै मधेशी पार्टिहरुलाई संविधानसभा पुर्णरुपेन परित्याग गर्न र सम्पुर्ण मधेशी शक्तीहरु एकतृत भई निर्णायक आन्दोलन घोषणा गर्न दवाव स्वरुप युवा अभियानका संयोजक ललित मल्लिक शानू र युथ फोर्स संयोजक महेस कलवारको नेतृत्वमा आज सद्भावना पार्टी कार्यालयमा धरना दिएको छ र सद्भावना पार्टी अध्यक्ष राजेंद्र महतो लाई संबिधानसभा परित्याग गर्न आग्रह पत्र दिएको छ ्र आग्रह पत्र बुझ्दै सद्भावना अध्यक्ष महतोले अंतिम मस्यौदा पानी मधेश बिरोधी आउने निश्चितनै रहेकोले र हाम्रो पार्टीले संबिधानसभा छाड्ने निर्णय गरिसकेकोले  अंतिम मस्यौदा सँगै संबिधानसभा परित्याग गर्ने युवा अभियान र युथ फोर्स लाई धन्यवाद दिएका थिऐ्र कार्यक्रम्मा युवा नेता हरु रमन दस, रंजीत झा, सुनील गुप्ता, छोटू दानी झा लगायत युवाहरू को उलेख्या सहभागिता थियो ्र भोली दिउँसो एक वजे दुबई संगठनले तमलोपा यस्तै कार्यक्रम गर्ने छन ।

तपाईको प्रतिक्रिया