![]() |
| फाइल फोटो |
काठमाडौ साउन १६ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का नेता लक्ष्मण थारुले पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेका छन् । पार्टीले आफ्नो छैठो वार्षीक उत्सवको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा उनले पाँच वर्षमा हुनुपर्ने महाधिवेशन ६ वर्ष वित्तिसक्दा पनि भएको छैन । आउने सातौ वार्षीक उत्सव महाधिवेशन भइसक्नुपर्ने उनको माग थियो ।
उनले पार्टीको राष्ट्रिय स्तरमा चर्चा भएपनि पार्टीको संगठन बारे नेतृत्वले ध्यान नदिएको पनि आरोप लगाए । उनले मधेशी आदिवासी जनजातिको अधिकार सविधानको मस्यौदामा प्रष्ट नभएको बताउँदै पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको बोलीमाथि विश्वास नगर्न आग्रह गर्दै सविधान निर्माण गर्न त्यति सजिलो नभएको बताए ।
नेता थारु बोल्नु अघि अध्यक्ष गच्छदार कुनैपनि हालतमा सविधान निर्माण हुने र सिमांकनसहितको संघीयता र संघीयतासहितको सविधान निर्माण हुने दावी गरेका थिए । त्यसपछि बोल्ने नेता थारुले सविधानमा अहिले धेरै कुरा मिलाउन बाँकी छ नेताहरुले भन्दै सविधान निर्माण हुँदैन । यो १५ दिनभित्र देशमा जे पनि हुन सक्ने भन्दै सविधान निर्माण हुने कुरामा विश्वस्त नहुन उपस्थित पार्टी कार्यकर्तालाई आग्रह गरे । नेता थारुबाहेक जति पनि नेताहरु बोले सबैले अध्यक्ष गच्छदारको पक्षमा बोलेका थिए । सबैले गच्छदारले अहिले नेपालको राजनीतिकमा देखाएको भूमिकाको बारेमा प्रशंशा गरिएका थिए ।



तपाईको प्रतिक्रिया