Khadya Bibhag

पार्टीका सभापति कोइरालाले नै लगे अमरेशलाई कारवाही गर्ने प्रस्ताव

काठमाडौ साउन १६ गते । नेपाली काँग्रेस पार्टीले डा.अमरेशकुमार सिहमाथिको प्रकृया अगाडि बढाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दल तथा कार्यसमितिको संयुक्त बैठकले नेता सिहमाथि कारवाहीको प्रकृया अगाडि बढाएको छ । काँग्रेसका सभासद् समेत रहेका नेत सिंहले साउन ४ र ५ गते भएको सुझाव संकलन कार्यक्रमको विरोध गर्दै मधेशका जिल्लाहरुमा कार्यक्रम गरी मधेशलाई नेपालबाट अलग गर्ने अभिव्यक्ति दिएका थिए त्यति मात्र होइन कि डा.बाबुराम भट्राईले मधेशका नेता तथा बुद्धिजिविहरुलाई छलफलका लागि बोलाइएको कार्यक्रममा पनि नेता सिहले मधेशको अधिकार प्राप्त नभए अलग हुने चेतावनी दिएका थिए ।
त्यसपछि अमरेशको बारेमा पार्टीभित्र टिका टिप्पणी शुरु भएको थियो । व्यवस्थापितका संसदमा पनि काँग्रेसका एक सभासद्ले अमरेशको बारेमा कुरा उठाएका थिए । जिल्ला जिल्लाबाट पनि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री कोइरालालाई अमरेशको बारेमा टिका टिप्पणी आएको हो । आजका बैठकमा प्रधानमन्त्री कोइरालाले नै अमरेशले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको भन्दै कारवाहीको गर्नुपर्ने प्रस्ताव लगेका थिए । प्रधानमन्त्री कोइरालाको प्रस्तावप्रति सबैले सहमति जनाएका थिए ।
पार्टीका अनुसशासन समितिले वा संसदका अनुसशासन समितिले पनि कारवाही गर्न सकिने पार्टीका एक नेताले बताए । केन्द्रीय समितिले पार्टीका अनुशासन समितिलाई निर्देशन दिएपछि अमरेशको कारवाहीलाई प्रकृयालाई अगाडि बढाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया