Khadya Bibhag

नेपालमा राजतन्त्र राख्ने सहमति गरेको छैनः सिंह

काठमाडौ, १६ साउन । भारतीय काग्रेस आईका बरिष्ठ नेता डा= करण सिंहले लोकतान्त्रिक आन्दोलनको उत्कर्सको बेला भएको भनिएको जस्तो आफूहरुले नेपालमा राजतन्त्र कायम राख्ने गरी कुनै सहमति नगरेको खुलासा गरेका छन ।
भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँगको भेटमा उनले आफूहरु लोकतन्त्रकै पक्षमा रहेको स्पष्ट पार्दै लोकतान्त्रिक आन्दोलनको बेला आफूहरुले राजा राख्ने गरी लिखित सहमति गरेको भन्ने कुरा भ्रममात्रै रहेको ठोकुवा गरे ।
सिंहले नेपालमा छिटो संविधान जारी होस भन्ने पक्षमा आफूहरु रहेको भन्दै नेपालमा संविधान जारी भए त्यसलाई काग्रेस आईले समर्थन गर्ने बताए ।
उनले आफ्नो पार्टी सत्तामा रहँदा नेपालबाट आउने नेताहरु सबैले भेट्ने गरेको उल्लेख गर्दै अहिले कोही पनि नेताहरुले नभेटेकोमा गुनासो गरे ।

तपाईको प्रतिक्रिया