Khadya Bibhag

हामी सीमांकन सहितको संविधान जारी गर्ने पक्षमा छौः देउवा

काठमाडौ, १५ साउन । भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफूहरु सीमांकनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन ।
नयाँ दिल्लीमा पूर्व कुटनीतिकहरुको सस्था आईवीएफले आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले प्रमुख दलहरुले अहिले सीमांकनसहितको संविधान जारी गर्ने विषयमा छलफलमा रहेकोले मधेसी दलहरुलाई पनि साथै लिएर जाने बताए । यद्यपि उनले आफूहरु छिटो संविधान जारी गर्ने गरी अघि बढीरहेको स्पष्ट पारे ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार देउवाले भारतका पर्यटक र लगानी कर्ता नेपाल आए सुरक्षित अवस्था रहेको दावी गर्दै भने–नेपालका पर्यटकीय गन्तब्यहरु सुरक्षित छन । कुनै डर नमानी नेपाल आए हुन्छ । विप्पा, पीटीए र पीडीए सम्झौता भईसकेकोले नेपालको जलविद्युत, कृषि र सडकमा लगानी गर्नुस । नेपाल लगानी र पर्यटनको लागि सुरक्षित छ ।
देउवाले नेपाल सरकार विनासकारी भुकम्प पछिको पुर्ननिर्माणमा जुटिसकेको र अहिलेसम्म भारत सरकारले गरेको सहयोग सरहानीय भएकोले थप सहयोगको आवश्यकता औल्याए ।
उनले आफ्नै पालामा महाकाली सन्धी भएकोले त्यसको छिटो कार्यान्वयन होस भन्ने पक्षमा आफू रहेको भन्दै महाकाली सन्धी गर्न सहयोग गर्ने पूर्व राजदुत केभी राजनको भूमिकाको सरहाना गरे ।
नेपाल मामिलाका भारतीय जानकार प्रोफेसर एसडी मुनीले बाबुरामजी र ऋषि धमलाजी हुँदैन अरु लिपुलेक कालापानी विवाद किन गर्छन , किन नेपालमा यस्तो हुन्छ । तिब्बत र दलाई लामाको विषयमा के हो तपाईहरुको धारणा भनि राखेको जिज्ञासामा उनले लिपुलेकको विषयमा केही नबोले पनि नेपालको एक चिन नीति कायम रहेकोले तिब्बत चिनकै अंग हो भन्नेमा आफूहरु स्पष्ट रहेको बताएका थिए । 

तपाईको प्रतिक्रिया