काठमाडौ, १५ साउन । भारतीय राष्ट्रपति ले प्रणव मुखर्जीले नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी भएर शान्ति र स्थायीत्व कायम होस भन्ने चाहना ब्यक्त गरेका छन ।
भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँगको भेटवार्तामा उनले त्यस्तो चाहना ब्यक्त गरेका हुन ।
भारतीय राष्ट्रपतिले सकेसम्म आम सहमतिमा नभए अधिकतम सहमतिमा भए पनि छिटो भन्दा छिटो संविधान जारी भएर नेपाल समृद्धिको बाटोमा अघि बढोस भनेका थियो ।
देउवाले दलहरु छलफलमा रहेकोले छिट्टै सहमतिमा संविधान जारी हुने अवस्थामा रहेको भन्दै एक महिनाभित्र मुलुकले संविधान पाउने विश्वास ब्यक्त गरेका थिए ।
देउवाले आजै भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।
भेटवार्ता पछि नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा कोसियारीले नेपालमा छिटो संविधान जारी हुनु पर्ने पक्षमा आफ्नो पार्टी रहेको भन्दै सके आम सहमतिमा नसकेपनि अधिकतम सहमतिमा संविधान जारी गर्नु पर्ने सुझाव दिएका थिए ।
उनले धर्मको सम्बन्धमा असन्तुष्टी ब्यक्त गर्दै धर्म निरपेक्षता शब्द हटाउनु पर्ने धारणा राखेका थिए । उनले भने–सक्नु हुन्छ भने हिन्दु राष्ट्र लेख्नुस , तर सक्नु हुन्न भने धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुस ।



तपाईको प्रतिक्रिया