Khadya Bibhag

मस्यौदाको सुझावलाई भोली चार दलका नेताले सुल्झाउने

File Photo

काठमाडौँ, साउन १५ गते । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले भोलि शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ ।

संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा। बाबुराम भट्टराई संयोजक रहनुभएको विशेष समितिको केहीबेर अघि सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

विशेष समितिअन्तर्गतको कार्यदलले आझै साँझ पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने जानकारी संयोजक भट्टराईले दिनुभयो ।

उहाँले विशेष समितिलाई चारदिनको समय दिइएकाले विवादित विषयमा समझदारी गर्ने प्रयास अन्तिम समयसम्म पनि गरिने बताउनुभयो ।

जनताबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन आजै पेस गरेको थियो । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न भोलि बिहान विशेष समिति बैठक बस्ने र उक्त समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि भोलि अपराह्न हुने उहाँले बताउनुभयो ।

विशेष समितिको आजको बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, सोही दलका उपाध्यक्ष विद्या भण्डारी, एनेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया