Khadya Bibhag

पूर्व प्रधानमन्त्री नेपालका जिल्ला अस्पतामा डाक्टर बिहिन,बिरामीहरु ठगिदैँ

राकेश यादव, रौतहट १४ साउन । रौतहटका जिल्लाका सदमूकाम गौर स्थित जिल्ला अस्पतालमा्र लामो समय देखी डाक्टर बिहिन भएको छ । करार शेवामा रहेका डाक्टरहरु सरुआभइ अन्यत्र गएदेखी पछिलो दूइ सता देखी जिलला अस्पतालमा्र डाक्टर बिहिन भएको हो ।
रौतहट क्षेत्रन १ बाट निवाचित तथा पूव प्रधानमन्त्री माधव कूमार नेपालका गृह जिल्लाका सरकारी अस्पतालमा डाक्टर नभएका कारण बिरामीहरु हजारौं खर्चेर उपचारका लागी बाहिर जानुपर्ने अवस्था भएको छ । त्यतीमात्र नभइ सरकारी अस्पतामा डाक्टरको अनुपश्थितीका कारण हाल जिल्लाका केही प्रमूख बजार भारतिय झोले डाक्टरहरुको केन्द्र बनेको छ ।
जिललाका केही राजनितिक ब्यक्तीत्वहरुले आरथिक चलखेलका कारनले गर्दा सोझा साझा नेपाली संग हजारौं रुपैया दिनहू ठगीदै गरीरहेका छन । सामान्य कुटपिटका बिरामीहरुको उपचारगर्दा यस्ता डाक्टरहरुले पाँचदेखी ३० हजार रुपैयाको बिल बनाउने गरेको स्थानिय रमअधार राय यादवले बताएका छन । भारतिय नागरीकहरु बिभिन्न नामले क्लिनिक सञ्चालन गरेर जिल्लाका केही प्रमूख बजारमा  महिलाहरुको पाठयघरको अपरेशन देखी बिभिन्न अपरेशन गरीरहेका छन ।
  जिल्लाका जनताको प्रत्यक्ष उपचारशेवा पाउने उदेश्य अनुरुप तत्कालिन सरकारले २०५१ सालमा प्रत्येक तनिर्वाचन क्षेत्रमा प्राथमिक स्वाश्थ्य केन्द्रको स्थापना भएको थियो । तर कटहरीयामा गंगा पिपरा ,राजपूर फ्राहदवा लगाएत उक्त बषै  अवधिमा मात्र दुइबर्ष एमबिबि एस डाक्टरले शेवा दिए भने र्बाकी सबै दिर्न अहेव र अर्दलीले उपचार गर्दै आएका छन । डाक्टरको ब्यवस्था गर्न पटक पटक जिल्ला अस्पताललाइ आग्रह गर्दा कुनै सुनुवाइ हुन न सकेको समाजशेवी यादवले बताएका छन । हजारौं बिरामीको समस्याको समाधानको लागी संबन्धित निकाय र स्थानिय प्रशासनले ध्यान दिनुपर्ने तडकारो अवस्था देखीएको छ ।

तपाईको प्रतिक्रिया