काठमाडौं, १४ साउन । मुम्बईमा भएको आत्मघाती हमलामा सयौँ जनाको ज्यान जानेगरि भएको हमलाको मुख्य दोषी याकूब मेमनलाई आज विहान सात बजे फाँसी दिइएको छ ।
सन् १९९३ मा सयौंको ज्यान जाने गरी भएको मुम्बई हमलाका मुख्य दोषी मेमनलाई बिहीबार विहान साढे ६ बजे भारतको नागपुर सेट्रल जेलमा फाँसीमा चढाइएको हो । मेमनलाई काठमाडौंमा २०५१ साल साउन १३ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसपछि नेपाल प्रहरीले भारतीय प्रसाशनलाई जिम्मा लगाएको थियो ।
मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा गराइएका शृंखलाबद्ध १२ वटा बम विष्फोटमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए । यस्तो ठुलो अपराध गरेको खण्डमा आज विहान उनलाई फाँसी चढाइएको थियो ।
फाँसीमा चढाउन पूर्व अन्तिम इच्छा सोध्दा उनको यस्तो रहेको थियो अन्तिम इच्छा ।
सुप्रीम कोर्टबाट बुधबार राति फांसीको माफी खारेज भएपछि उनलाई जेल सुप्रीटेडेण्ट योगेश देसाईले नजिकैको कुर्सीमा बसाए । त्यो क्रममा उनलाई अन्तिम इच्छा सोधिएको थियो । तब याकूबले भाई सुलेमान, काका भाई उस्मान र वकीलसँग भेट गर्ने इच्छा व्यक्त गरे तर, उनलाई भेट्न दिइएन् । उनीहरु जेलको सुप्रीटेडेण्ट बस्ने कोठामा थिए । त्यो बेला याकूब कोठा बाहिर बसेका थिए । त्यही बेला याकूबले भाईलाई भित्र बसेको देखे । उनले कराउँदै भाईलाई भाउजु र र छोरीको जुबैदाको ख्याल राख्न आग्रह गरे ।
याकूबका एक साथी कौशल पाण्डेका अनुसार याकूबका लागि सबैभन्दा खुशीको पल त्यो थियो जब उनकी छोरी बोर्ड परीक्षाको नतिजा सुनाउन आएकी थिईन् उनी आफ्नी छोरीको विहे भएको हेर्न चाहन्थे । एजेन्सीको सहयोगमा



तपाईको प्रतिक्रिया