महोत्तरी, श्रावण १३ । प्रहरीको दमन र ज्यादतीको बिरोध गर्दै महोत्तरीको बिभिन्न स्थानमा सिके राउत समर्थकहरुले बन्द गराएका छन् ।
मंगलबार राती बलवामा सिके राउतको भिडियो हेर्न जम्मा भएका समर्थकहरुमाथि प्रहरीले अचानक स्थानियमाथी लाठ्ीचार्ज र हवाई फायर गरेको थियो । यसरी प्रहरीले गरेको ज्यादतीको विरोध गर्दैै आज बुधबार महोत्तरीका तीन स्थान बन्द गरिएको हो । बन्दका कारण महोत्तरीको बलवा, पडौल र सरपल्लो गाउं विकास समितिका मुख्य बजार प्रभावित बनेको छ ।
सिके राउतको डिभिडी भिडियो देखिरहको समयमा मंगलबार राती प्रहरीले लाठि चार्ज र हवाइृ फयरिंग गर्दा ५०० को करिवमा स्थानिय हरुले प्रतिकार गरेको थियो । महोतरीमा भएकोे दोहोरो झडपमा प्रहरीले राउतको समर्थक स्थानीय संजय यादव र सत्य नारायण साहलाइ समेत नियन्त्रणमा लिएको छ । झडप राती अवेरसम्म चलेको थियो, भने घटनामा २५ जना सर्वसाधारण स्थानियहरु समेत घाइते भएका थिए ।



तपाईको प्रतिक्रिया