Khadya Bibhag

मागपुरा नभएमा आन्दोलन गर्ने चेतावनी

राकेश यादव,रौतहट १३ साउन । गौर नगरपालिका वार्ड नं १३ स्थित मुडवलवा जाने वाटोमा नवनिर्मित गौर नर्सिङ्ग इष्च्यिुटको भवनमा मुडवालवाको नाम जग्गादाताको नाताले थप गर्नुपर्ने माग हुन थालेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद द्धारा निर्माण गरिएको भवन गा वि स मुडवालवा अन्र्तगत पर्ने जग्गामा निमार्ण भएकोले मुडवालवा गौर लेखिनु पर्ने स्थानिय वासिन्दाहरुको अडान रहेको छ ।

स्थानिय वार्ड नं.१ निवासी श्यामकिशोर यादव गौरको अगाडी मुडवलवाको नाम उल्लेख नभएमा कडा रुपमा संघर्ष गर्ने चेतावनी दिनु भएको छ । वहाले भवन निर्माणको लागी मुडवालबा गाउका स्थानिय वासिन्दाले जग्गा उपलब्ध गराएकोले गा वि स को नाम लेख्निु पर्ने बताए । गरुडामा संचालन रहेको श्रीराम सुगर मिल्सको उदाहरण दिदै यादवले भने चिनी उधोगमा पनि गरुडा मात्रै लेखिएको थियो तर जग्गा महमदपुरको भएकोले त्याहाका स्थानिय वासिन्दाले आन्दोदन गर्दा महमदपुरको नाम लेखिएको उल्लेख गरे ।
 सदरमुकाम गौरमा संचारकर्मीहरुसित बातचित गर्दै यादवले भने गौर  नर्सिङ्ग इन्ष्च्यिुट  मुडवालबा गौर  रौतहट लेखिनुपर्छ । हाल गौर नर्सिङ्ग इन्ष्च्यिुट गौर ,रौतहट उल्लेख रहेको छ । यसमा सुधार नभएमा हामी चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन ।
साविक गा वि स मुडवलवा हाल गौर नगरपालिका वार्ड नं.१३ मा निमार्ण भएको सो भवनका लागी रामजानकी मठ मन्दिर व्यवस्थापन समिती मुडवालवाले १८ कठा जग्गा उपलब्ध गराएको हो । जग्गा दिने परिवारको सदस्य समेत रहेको समाजसेवी यादवले मेरो माग जायज रहेको हुदा एक कदम पछाडी नहटने दावी गरे ।

तपाईको प्रतिक्रिया