कावासोती, १२ साउन । डाइभर्सन निर्माणपछि २३ घन्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलबाट आएको प्राविधिकसहितको टोलीले दक्षिणतर्फबाट वैकल्पिक बाटो निर्माण गरेपछि राजमार्ग पुनःसञ्चालनमा आएको हो । सोमबार साँझ नवपरासीको गैंडाकोट–९ स्थित जयश्री पुल भाँच्चिदा राजमार्ग अवरुद्ध थियो ।
एकतर्फी राजमार्ग सञ्चालनमा आएपछि बीचबाटामै अलपत्र परेका सवारी क्रमिक रुपमा गन्तव्यतर्फ प्रस्थान गर्न सुरु गरेका छन् । पहिलो चरणमा साना सवारीलाई आउन जान दिइएको सब इन्जिनियर विष्णु खनालले बताउनुभयो ।



तपाईको प्रतिक्रिया