काठमाडौ साउन १२ गते । भारतीय जनता पार्टीका सांसद आदित्यनाथ योगीले नेपालमा भइरहेको सविधान निर्माण कार्यलाई प्रशांसा गर्दै नेपाली जनताका लागि अधिकार सम्पन्न सविधान निर्माण हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
सविधान निर्माण भएपछि कोही पनि आफूलाई अपहेलित महसुश नगरियोस्, सबैले आफ्नै सविधान सम्झियोस् किसिमको सविधान निर्माण हुनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने कुरामा जोड दिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवसँग हिजो भेटघाटको क्रममा उनले सविधानमा कुनै पनि हालतमा हिन्दु राज्य छुटिनु हुँदैन, भन्नु हुँदै विगतमा नेपाल हिन्द राष्ट्र थियो र भविष्यमा पनि रहि रहने दावी गरे । नेता यादवका अनुसार नेपाललाई भाजपाको सहयोग चाहिन्छ भने हिन्दु राष्ट्र कायम गर्नुपर्छ नभए सहयोग नहुने पनि चेतावनी दिए । सविधानमा हिन्दु राज्य नभए सबै हिन्दुले काठमाडौलाई घेराउ गरी नाकाबन्दी गर्ने चेतावनी पनि उनले दिए ।
नेपाल हिन्दु राष्ट्र हो भने कुरा विश्वले चिनि सकेका छन् । त्यसले गर्दा नेपाललाई श्रद्धाको नजरले हेर्ने गरेका छन्, हिन्दु राष्ट्रकै कारणले नेपाललाई पवित्र भूमि मान्दे आएका छन्, यति हुँदा हुँदै यसलाई हिन्दु राज्य बनाइएन भने नेपाली जनतामाथि अन्याय हुने पनि उनले धारणा राखे ।



तपाईको प्रतिक्रिया