काठमाडौ साउन ११ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्य रहेको नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने बताएका छन् । सोही पार्टीका नेता खुमबहादुर खड्का सनातन हिन्दु धर्म स्थापनाका लागि संघर्षरत छन् । सविधानमा धर्मनिरपेक्षता कि हिन्दु राज्यमा विवाद चलिरहेको बेला निधिको यस्तो धारणा आएको हो ।
भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भने, “तपाइँहरू धैर्य गर्नुस्, हिन्दू धर्मको विजय हुनेछ ।”
हिमाल, पहाड, तराई, मधेस सबै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उनले भने, “म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ । सोही कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि नेपाललाई हिन्दू राज्य बनाउने चाहना ढिलोचाँडो पूरा हुने बताएका छन् ।
कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका उपाध्यक्ष किरण थापाले भूकम्पले भत्काएको मूल मन्दिर बनाउन रु पाँच करोड लाग्ने अनु्मान गरिएको जानकारी दिँदै आर्थिक सङ्कलनको मुख्य उद्देश्यले साउन महिनाभर महायज्ञ लगाउन लागिएको हो जानकारी गराए ।
साउन १ देखि १० गतेसम्म लगाएको देवी भागवत् महापुराणमा करिब रु ११ लाख सङ्कलन भएको र साउन ३१ गतेसम्म नै महायज्ञ लगाउने जानकारी उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया