Khadya Bibhag

आमाले गरिन आफ्नै ३ छोरीको हत्या


एजेन्सी, झारखण्ड ११ साउन । भारतको झारखण्ड प्रदेशको एक महिलाले आफ्ना ३ नावालक छोरीहरुको हत्या गरेकी छन् । उनले धारिलो हतियार प्रयोग गरी आफ्ना छोरीहरुको हत्या गरेकी हुन । 

झारखण्डको लातेहार जिल्लाको रहताखण्ड गाउँमा तीनै छोरी सुतिरहेको समयमा ती महिलाले हत्या गरेको बिबिसि हिन्दीले जनाएको छ । छोरीहरुको हत्या पछि महिलाले पनि आत्महत्याको प्रयास गरेकी छन् । छोरीहरुको हत्या पछि ती महिलाले बिष सेवन गरेर इनारमा हाम फालेकी थिइन । तर ति महिलालाई स्थानियले उद्धार गरेका छन् । आशादेवी नाम भएकी ती महिलाई झारखण्डकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको समाचारमा उल्लेख छ । बिबिसिका अनुसार तीन बालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।
ती महिलाका पतिले छोरा नजन्माएको भन्दै बारम्बार प्रताडित गर्दै आएका कारण यो घटना घटेको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । सोही कारण उनले छोरीहरुको हत्या गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको ठहर छ । घटनालगत्तै केहीबेर बेपत्ता भएका ती महिलाका पति सुदामा सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 

तपाईको प्रतिक्रिया