भारत,कानपुर । महिनाको दुई हजार रुपैँया कमाउने महिला उर्मिला यादव विश्वकै सवभन्दा धनि महिला बनिसकेको छ । विश्व कै धनि मान्छे विल गेट्स, रिलायंस को मुखिया मुकेश अंबानी, स्टील किंगको लक्ष्मी, र मित्तल सित मिलाएर पनि त्यति हुन सकेको छैन जति उर्मिलाको वैंक खातामा जम्मा रहेको छ । यो खवर अलि अनौँठो लाग्छ तर यो सत प्रतिशत सत्य कुरा रहेको छ । उनलाई यो संसार कै सबै भन्दा रहिस व्यक्ति बनाउनमा भारतीय स्टेट बैंक लाई श्रेय जान्छ । बैंक को सर्वर ले गरेको सानो लापरवाहीले उर्मलाको खातामा ९ लाख ५७ हजार करोड़ रुपैँया ट्रांसफर भएको छ ।
भारतको यो आश्चार्य लाग्दो घटनाले सञ्चार माध्यममा निकै चर्चाको विषय वनेको छ । भारतको कानपुरकी उर्मिला एकै झट्कामा बिल गेट्स र मार्क जुकरवर्गभन्दा ‘धनी’ बनेकी छिन् । हरेक महिनामा दुई हजार तलबबाट बचेको केही पैसा बैंकमा जम्मा गर्ने गरेकी उर्मिलाको अचानक बैंक अकाउन्टमा ९ लाख ५७ हजार करोड रुपैयाँ आइपुग्यो ।मदारपुर विनायकपुर निवासी उर्मिला यादवको खाता नम्बर ३५०१४४००२९९ हो । यति धेरै पैसा कहाँ बाट आयो ? उर्मिलालै समेत यो कुराको विश्वाश हुन सकेन । तर उनको र परिवारको खुसी धेरैबेर टिक्न सकेन ।
वास्तवमा करो यस्तो रहेछ, बैंक सर्वरको गल्तीले गर्दा उर्मिलाको खातामा ९ लाख ५७ हजार करोड रुपैयाँ जम्मा हुन पुगेको रहेछ । एसबीआई बैंकका अधिकारीले आफ्नो गल्तीको लागि माफी माग्दै अकाउन्टबाट पैसा फिर्ता लिएपछि यो कुरो खुलेको हो । यो रकम २२ जुलाईमा उनको खातामा ट्रान्सफर भएको थियो ।यो कुराको जानकारी शुक्रवारको दिन त्यो समयमा भयो जव उनी पासबुक अपडेट गराउन जानु भएको थियो ।



तपाईको प्रतिक्रिया