Khadya Bibhag

सर्लाहीमा प्रिन्सिपलद्धारा एक छात्रामाथी बलात्कारको प्रयास

एस.पी.गौरब,सर्लाही १० साउन ।
पछिल्लो समयमा विभिन्न खालका अकाल्पनीक घटनाहरु घट्ने क्रम दिन प्रतीदिन बढ्दै गएको छ । जहाँ बढी नियम कानुनको कुरा गरिन्छ त्यही बढी नियम कानुन मिच्ने काम पनि हुन्छ यो ध्रुव सत्य हो ।त्यसमा पनि विद्यालय जस्तो संवेदनशिल संस्थामा  अमानविय व्यावहार गरिनु खेल जनक रहेको छ । जो रक्षक उही भक्षक भने झैँ सर्लाहीको हरिवनमा एक विद्यालयका प्रिन्सिपलले कक्षा १० मा  अध्ययनरत एक आफ्नै छात्रामाथी  बलात्कारको प्रयास गरेका छन् । कक्षा १० मा अध्ययनरत आफ्नै छात्रामाथि बलात्कारको प्रयास गरेको आरोपमा सर्लाही एम्बिसन एकेडेमीका प्रिन्सिपल बद्री स्याङ्तानलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको छ । यही साउन ५ गते आफ्नै विद्यालयको कक्षा कोठामा चुक्कुल लगाई छात्रामाथि बलात्कार प्रयास गरेको प्रिन्सिपल स्याङ्तानमाथि आरोप लगाइएको छ । यसअघि पनि स्याङ्तानले पटक पटक आफूमाथि दुव्र्यवहार गर्ने गरेको पीडित छात्राले बताएकी छिन् । पीडित छात्राको तर्फबाट उनकी आमाले दिएको जाहेरीका आधारमा प्रिन्सिपल स्याङ्तानलाई प्रहरीले पक्राउ गरेपछि अहिले इलाका प्रहरी कार्यालय हरिवंनमा पीडक र पीडित दुवै पक्षका मानिसहरुको  भीड लागेको छ ।आपसी सहमतिमा मिलापत्र गरी केस टुंग्याउन पीडकको तर्फबाट एकीकृत नेकपा माओवादीले दवाव दिएको श्रोतले बताएको छ ।  यद्यपी यस विषयमा भने एकीकृत माओवादीले आफ्नो कुनै धारणा सार्वजनिक भने गरेको छैन् ।पीडकलाई छुट्कारा दिनुपर्ने माग सहित पीडक पक्षधरले प्रहरी कार्यालयमा नाराबाजी समेत गरेका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडक प्रिन्सिपल स्याङ्तानले आफुले छोरी जस्तै मानेको र बिरामी पर्दा तथा टाउको दुख्दा कहिलेकाहीँ छुने गरेको भएपनि खराब नियत नराखेको बताएका छन् । बलात्कार जस्ता हिंसाजन्य घट्नाले बढावा पाउनु नहुने र निस्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिनुपर्ने पीडित पक्षले माग गरेका छन् । सर्लाही राजघाटका श्याम कार्कीले अनुहार र व्यवहार हेरेर यौनजन्य घटनालाई प्रचार गर्नु भन्दा कानुनी प्रक्रियामा जानुपर्ने बताए ।छानबिन पछिमात्रै दोषी र घट्नाका सम्बन्धमा तथ्य बाहिर आउने बताएको इलाका प्रहरी कार्यालय हरिवनले दुवै पक्षको भीडले अनुसन्धानमा अवरोध पुगेका बताएको छ ।

तपाईको प्रतिक्रिया