Khadya Bibhag

हत्या भएको शव फेला

तुलसीपुर -दाङ_, ८ साउन । दाङमा एक महिलाको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा आज शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रजीतसिंह राठोरले दिएको जानकारीअनुसार घोराही–४ चौघेरामा बस्ने आफ्नै बहिनी विमला विश्वकर्माको घरमा गएकी त्रिपुर नगरपालिका–४ निवासी ५६ वर्षीया देवकी विकको वीभत्स अवस्थाको टाउकोबिनाको शव भेटिएको हो ।
विकको हत्या के कसरी भयो र टाउको कहाँ गयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिनुभयो ।
आज बिहान ९ बजे टाउको नभएको र बायाँ कोखमा प्वाल पारिएको वीभत्स अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया