काठमाडौँ, साउन ८ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीद्वारा गरिएको आजको नेपाल बन्दको क्रममा बन्दकर्ताले अराजक देखाएपछि देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ ।
बन्दकर्ताले काठमाडौँ बालाजुमा ना३ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा१ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा१०च ६६४० को कार, वसुन्धरामा बा५ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन् ।
त्यसैगरी ललितपुर पुल्चोकमा बा१ज ५८३६, बा१ ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पु¥याएका छन् ।
राजधानीलगायत देशका विभिन्न ठाउँमा भएको तोडफोडमा संलग्न एकसय ९७ जना पुरुष र पाँच जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया