Khadya Bibhag

गच्छदारले भने, अब संविधान कसैले रोकेर रोकिँदैन

विराटनगर, साउन ६ गते । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले प्रस्तावित संविधानमाथिको सुझाव सङ्कलन कार्यमा जनताको अत्यधिक सहभागिता देखिएबाट अब संविधान कसैले रोकेर नरोकिने स्थिति बनेको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलो सङ्ख्यामा जनताबाट अभिमत प्राप्त भएकाले १०÷१५ ठाउँमा गरिएको अवरोधले कुनै फरक नपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले जनताको सुझावलाई कदर गर्दै संविधानको मस्यौदामा देखिएका कमी कमजोरीलाई संविधानसभाबाट सच्याएर परिमार्जन गरिने उल्लेख गर्नुभयो ।

जनताको सुझावअनुसार सिमाङ्कनसहितको संविधान जारी भएमा उत्तम हुने विचार प्रकट गर्दै उहाँले भन्नुभयो, “प्रादेशिक सिमाङ्कनसहितको संविधान जारी भएमा १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरू पनि चुप लाग्नेछ ।”

संविधान निर्माणको कार्यमा अवरोध पु¥याउन केही दलहरू लागिपरेको भएपनि अधिकांश कार्य समाप्त भइसकेकाले साउन मसान्तभित्रै संविधान जारी हुने विश्वास पनि उहाँले प्रकट गर्नुभयो । 

तपाईको प्रतिक्रिया