Khadya Bibhag

जलेश्वरमा तीनदिने आमहडताल

महोत्तरी, साउन ६ गते । जलेश्वर उद्योग वाणिज्य सङ्घले सदरमुकाम जलेश्वरमा तीनदिने आमहड्तालको घोषणा गरेको छ ।

गत साउन ५ गतेसम्म तालाबन्दी र धर्ना कार्यक्रम गर्दै विरोधमा उत्रेका जलेश्वर उद्योग वाणिज्य सङ्घसहितको संयुक्त सङ्घर्ष समितिले आजदेखि जलेश्वरमा तीन दिनसम्मका लागि आमहड्तालको निर्णय गरेको हो ।

आमहड्तालका कारण जलेश्वरमा रहेका सम्पूर्ण पसल, बजार, उद्योग, कलकारखाना बन्द रहेका छन् ।

असार २५ गते राति मालपोत कार्यालय महोत्तरीबाट मोठ र श्रेस्ता चोरेर लगिएको तथा असार २८ गते नापी कार्यालयबाट फिल्ड बुक र नक्सा लैजाने प्रयास गरिएतापनि सम्बन्धित निकायले अनुसन्धानका लागि कुनै पहल नगरेको भन्दै विरोधमा उत्रेको उद्योग बाणिज्य संघका अध्यक्ष कृपाशङ्कर साहले बताउनुभयो ।

एम्बुलेन्स तथा नियोगका यातायातबाहेक सम्पूर्ण यातायातका साधन पूर्णरुपमा ठप्प गर्ने निर्णय गरेको सङ्घर्ष समितिका पनि संयोजक साहले जानकारी दिनुभयो ।

यसभन्दा अगाडि सो घटनाको विरोधमा जलेश्वर उद्योग वाणिज्य सङ्घले मालपोतमा तालाबन्दी र नापी कार्यालयमा धर्ना दिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया