Khadya Bibhag

दुई मधेशी युवा फोर्सले जलाए काठमाडौमा मस्यौदा

काठमाडौ साउन ५ गते । सुझाव संकलन कार्यक्रममा मधेशी जनताले शान्तिपूर्ण रुपमा विरोध गर्दा राज्यको तर्फबाट भएको दमनको विरोधमा मधेशी युवा संगठनहरुले विरोध जुलुस प्रदर्शन गरेका छन् । तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले संयुक्त रुपमा काठमाडौंको माइतिघर मण्डलाबाट कालोझण्डासहितको विरोध जुलुस निकालिएको थियो ।
आज निकालिएको विरोध जुलसमा ‘मधेशी युवा एकता जिन्दावाद’, ‘मधेश विरोधी मस्यौदा खारेज गर’, ‘मधेशी सभासद्हरु संविधानसभा छोड’, ‘समग्र मधेश एक प्रदेश कायम गर’ जस्ता नाराहरु लगाउँदै नयाँबानेश्वरसम्म जुलुस प्रदर्शन गरिएको थियो ।

 नयाँ बानेश्वरमा मस्यौदा जलाउँदै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा अभियानका संयोजक ललित मल्लिक सानुले अब मस्यौदा फिर्ता लिएर मधेशी जनभावनाअनुरुप मस्यौदा ल्याइएन भने अब हुने निर्णायक मधेश आन्दोलन युवाहरुको नेतृत्वमा हुने भन्दै अब युवाहरुले माग्ने काम नगरी खोस्ने काम गर्ने चेतावनी दिएका छन् ।
 कोणसभालाई युुथ फोर्सका संयोजक महेश कलवारले पनि सम्बोधन गरेका थिए । जुलुसमा रबिन महतो, छोटु दानी झा, राजेश झा, सुनिल गुप्तालगायत सयौं युवाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया