लण्डन, ५ साउन– बेलायतमा रहेका संघीयवादी पार्टी तथा अन्य संघसंगठनहरुल नेपालको संविधानको प्रस्तावित मस्यौदामा विरोध जनाउंदैे संविधानको प्रस्थापित मस्यौदा च्यातेका छन् । सोमबार दिउँसो लण्डनस्थित नेपाली दूतावास पुगेर उनीहरुले संयुक्तरुपमा मस्यौदा च्यातेका हुन ।
नेपाली राजदूतावासमार्फत उनीहरुले राष्ट्रपति, राजनीतिक दल, संविधान सभाका अध्यक्ष, संवैधानिक संवाद समितिका सभापतिलगायतलाई विरोधपत्र समेत पठाएका छन् । त्यसक्रममा बेलायतस्थित संघीय समाजवादी फोरम नेपालको प्रवासी संगठन संघीय समाज बेलायत, राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च बेलायत, नेपाल आदिवासी जनजाति महासंघ बेलायत, खस समाज बेलायत, नेपाल आदिवासी जनजाति महिला महासघ बेलायत, आदिवासी जनजाति पत्रकार संघ बेलायतलगायत पहिचानवादी दलहरुका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रस्तावित संविधानले विगतका आन्दोलन र सहमतिविपरित जनताका हकअधिकार कुण्ठित गरेको उनीहरुको ठहर छ । जनविद्रोह, जनआन्दोलन, जनजाति, मधेस तथा खसलगायतका सबै आन्दोलनको म्याण्डेटअनुसार जनतालाई धार्मिक, जातीय र भाषिक अधिकार उपलब्ध नगराइएको भन्दै उनीहरुले आक्रोस पोखेका छन । सो अवसर संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा खस समाज बेलायतका संरक्षक टेकबहादुर थापाले, ‘प्रस्थापित मस्यौदा संविधान नेपालका उत्पीडित जनताको चाहना र भावनाविपरीत भएको बताएका थिए । संविभान सभाको मस्यौदाको राय संकलनमा देश विदेशवाट पनि वहिष्कार गरिुउको छ ।



तपाईको प्रतिक्रिया