Khadya Bibhag

राजविरामा गोली चल्यो, दर्जनौँ मधेशी घाइते, अझै पनि अवस्था तनावग्रस्त

राजविराज, ५ साउन ।  सप्तरीको राजविराजमा संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनस्थलमा मधेसवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुदाँ प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।
आज मधेशवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गर्दै चार राउण्ड अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको छ । निर्वाचन क्षेत्र नं. २ को भारदह र निर्वाचन क्षेत्र नं. ३ को राय सुझाव संकलन कार्यक्रम राजविराजमा कार्यक्रम सुरु हुनासाथ मधेसवादी दलका कार्यकर्ताले मस्यौँदा विरोधमा नारावाजी गरेका थिए ।
प्रहरीले भारदहको वि.पी.स्मारक माविस्थित सुझाव संकलनस्थलमा प्रवेश गर्न नदिएकोले मधेशवादी दलका कार्यकर्ता र स्थानियहरुले विरोध गर्दा प्रहरी र स्थानिय मधेशवादी दलका कार्यकर्ता वीच भिडन्त भएको सुरु भएको थियो ।
प्रदर्शनकारीहरुले ढुंङ्गा प्रहार गरि प्रहरीको प्रतिरोध गरिरहदाँ प्रहरीले एक वटा हवाई फयरिङ्ग र चार सेल अश्रु ग्यास गोली प्रहार गरि मधेशी जनतालाई पिरोलिएको थियो ।  मधेशवादी दललाई प्रवेश निषेधमा रोक लगाए पछि सडकमा टायर बालेर विरोध गरेको थिए ।
प्रहरीको ज्यादती आक्रमण र मधेसवादी दलका कार्याकताको विरोध झडपमा निर्वाचन क्षेत्र नंं. २ मा नेपाल सद्भावना पाटीृ गजेन्द्रवादीका अध्यक्ष विकाश तिवारी , विरेन्द्र माझी, योगेन्द्र यादवसहित आधा दर्जन मधेशवादी कार्यकर्ताहरु भाईते भएको छन् भने निर्वाचन क्षेत्र नं. ३ मा संघिय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद यादव, सद्भावनाको नेता दिनेश यादव, नेता, लक्षमण लगायत कयौँ मधेशवाद िकार्यकर्ता घाइते भएको छ । सप्तरीको झडपले गर्दा सडकहरु बन्द गरिुको छ भने वजारहरु पुर्ण रुपमा थप्प रहेका, र  अहिले पनि अवस्था एकदमै तनाव ग्रस्त रहेको जानकारी स्थानिय श्याम सुन्दर यादवले वताए ।

तपाईको प्रतिक्रिया