Khadya Bibhag

फोरम नेपालका कार्यकर्ताले राजधानीमा यसरी च्याते मस्यौदा

फाइल फोटो

काठमाडौ साउन ५ गते । सङ्घीय समाजवादी फोरमको काठमाण्डौका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भइरहेको मस्यौदा संविधानको सुझाव संकलन स्थलमा नै मस्यौदा संविधानको विरोध गर्दै सयौं जनताहरुले मस्यौदा संविधान च्याटेर विरोध प्रदर्शन गर्दा सुझाव संकलन कार्य नै प्रभावित भएको छ ।
आज श्रावण ५ गते विहान देखि काठमाण्डौको बौद्धको समता स्कूलको प्रागणमा भइरहेको उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरमका नेता आङ्काजी शेर्पाले मस्यौदा संविधान प्रति अहमति राखेर कार्यक्रममा संवोधन गरेपछि उपस्थित सयौं जनसमुदायले समर्थनमा मस्यौदा संविधान च्याटेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीलाई कार्यक्रमस्थलबाट हटाउन खोज्दा कार्यक्रमस्थलमा तनाव बढेपछि प्रहरीहरु पछि हटेका थिए । उक्त कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै घण्टौ सम्म नाराबाजी गरेपछि सुझाव दिन आएका व्यक्तिहरुपनि कार्यक्रमस्थल छाडेर गएका थिए ।
कार्यक्रममा शेरबहादुर देउवा लगायत एमालेका सभासद् रामेश्वर फुँयालको उपस्थितिमा थियो । नाराबाजीले गर्दा कार्यक्रमस्थलमा राखिएको माइकले दिइएका सुझाव पनि राम्ररी सुन्न सकेन । सयौं प्रहरीहरुको घेरामा मन्चलाई घेर्दै नेताहरुको सुरक्षा गर्दै कार्यक्रम संचालन गर्न खोजे पनि प्रदर्शनकारीहरुको प्रदर्शनले गर्दा कार्यक्रम प्रभावित हुन गएको छ ।
विरोध प्रदर्शनमा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्यहरु सानुराजा शाक्य, नोर्साङ शेर्पा, लालबहादुर तामाङ, काठमाण्डौ जिल्ला अध्यक्ष मनरत्न शाक्य लगायतले नेतृत्व गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया