सहारा टाइम्स न्यूज, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चेतावनी विपरित तथा सम्मानित सर्वोच्च अदालतको निर्णय समेतको अवज्ञा गर्दै नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकद्वारा आफनो १६ बुँदे सहमतीको जगमा तयार पारिएको प्रतिगमनकारी “नेपालको संविधानको मस्यौदा–२०७२” माथि नाटक मंचनरुपी राय तथा सुझाव संकलन कार्यको विरोधका साथ सो कार्य आमजनताद्वारा बहिष्कार संगै विथोलिएको छ ।
आज विभिन्न ठाँउमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा शान्तिपूर्ण ढंगले उक्त राय तथा सुझाव संकलनरुपी नाटकको विरोध गर्दा राज्यले शान्तिपूर्ण आन्दोलनकारी माथि गरेको बर्बर दमन घोर निन्दनीय तथा भत्र्सनायुक्त छ । पूर्व निर्धा्रित कार्यक्रम अनुरुप नै शान्तिपूर्ण विरोध प्रदर्शन तथा वहिष्कार गर्दा देश भरी नै सरकारको प्रहरी प्रशासनद्वारा गोली प्रहार, आसु ग्यास प्रहार तथा लाठी चार्ज गरि अमानवीय तरिकाले दमन गर्दा देशका अधिकांश ठाउँमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई घायल बनाइएको छ । आमजनताको शान्तिपूर्ण प्रदर्शन गर्ने लोकतान्त्रिक अधिकार विपरित गिरफ्तार समेत गरिएको छ ।
आज प्रदर्शनकै क्रममा प्रशासनद्वारा घायल बनाइएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका आन्दोलनकारीहरुको निःशुल्क उपचारको माँग गर्दै मोर्चा निजहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत मोर्चाले गरेको छन् । प्रदर्शनको क्रममा गिरफ्तार गरिएका मोर्चाका सवै नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब विना शर्त रिहा गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारसंग माँग गर्दछ । यस बर्बर दमन र संविधान मस्यौदा–२०७२ विरुद्ध आम न्यायप्रेमी जनतासंग भोली मिति २०७२ श्रावण ५ गते मंगलवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मधेश बन्दको आवहान गरेको छ । भोली श्रावण ५ गतेको मधेश बन्द सफल पार्न सम्पूर्ण किसान, यातायात व्यवसायी, उद्योगी, व्यापारी, शिक्षण संस्था लगायत आम नागरिकसंग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्धारा हार्दिक आग्रह



तपाईको प्रतिक्रिया