विराटनगर , ४ साउन । विराटनगरको निर्वाचन क्षेत्र नं. पाँचमा संविधान सभा मस्यौदा माथी राय, सुझाव संकलन पुर्वाअञ्चल क्षेत्रिय तालिम केन्द्र अगाडीको सत्य नरायण उच्च मा. विद्यालयमा बृहत प्रहरी परिचालन गरिएको छ ।
कडा सुरक्षा भएकोले सुझाव संकलनमा स्थानिय, लगायत मोर्चाको कार्यकर्तालाई प्रवेश गर्न नदिए पछि प्रहरी र संयुत्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ता लगायतका विभिन्न संगठनको युवाहरु वीच ठुलो भिडन्त भएको छ । झडप हुदाँ केही प्रर्दशनकारीहरु घाइते भएका छन् भने केहीलाई समान्य चोृटपटक लागेको छ । सुरक्षाको हिसावले क्षेत्रिय तालिम अगाडी सुझाव संकलन कार्यक्रम राखे पनि प्रतिगमनकारी संविधानको मस्यौँदा विरुद्ध जनताहरुले साथ दिएर कार्यक्रमलाई भाँडभैलो गरेको छन् । त्यसमा पुलिस द्धारा लाठि चार्ज हुदा युवा फोरमका अनिल झा, संघिय समाजवादीको जिल्ला अध्यक्ष राजकुमार यादव लगायत संघिय समाजवादी फोरम नेपालको जयराम यादव चोटपटक लागेको छ । संविधान मस्यौँदा माथी राय संकलन गर्न आएको सभासदहरुलाई कडा सुरक्षाको वीचमा ढोका थुनेर विद्यालय भित्र प्रहरीले राखेका छन् । त्यहाँ प्रवेश निषेध गरिएको छ ।
नेपाल र भारतको वोर्डर जगुवनीमा संविधान सभाको मस्यौँदालाई जलाएर कोण सभा आयोजना गरेको थिए । कोण सभामा संघिय समाजवादी फोरम नेपालको जयराम यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, युवा मञ्चको अध्यक्ष अनिल झा लगायत विराटनगरका विभिन्न युवा संगठनहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया