साहारा टाइम्स, जनकपुर ४ साउन । मधेशवादी दलले विभिन्न जारी मस्यौदा विरुद्ध आन्दोलन घोषणा गरेपछि उधोग वाणिज्य संघ सुरक्षाको निकाय चारै तिरवाट घेरा वन्दी गरेर कसैलाई पस्न समेत दिइरहेको छैन । साहारा टाइम्स सित कुरा गर्दै तमलोपाका बृखेशचन्द्रलालले यो मधेशीहरु सित घोका भइरहेको वताए । प्रारम्भिक मस्यौदा मधेश विरोधी रहेको भन्दै सदभावना पार्टी धनुषा, तराई मधेश लोकतान्त्रिक पार्टी धुनषा र नेकपा–माओवादी सहितका दलहरुले सोको विरोधमा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेपछि सुरक्षा निकायका सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई विभिन्न ठाउमा व्यापक परिचालन गरिएको जानकारी बृखेशचन्द्र लालले दिए ।
मस्यौदा माथि हुने छलफलमा बाधा अवरोध खडा हुने संकेत स्पष्ट रुपमा देखे पछि जनकपुर उद्योग वाणिज्य संघलाई हिजो देखि नै सो स्थलमा प्रहरी परिचाल गरिएको छ । जसका कारणले गर्दा सो स्थल व्यारेकमै परिणत भएको छ भने सो क्षेत्रबाट आवत जावत समेत निषेध गरिएको छ । सिमित दलका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा हुन लागेको सो कार्यक्रम प्रहरीको नियन्त्रणमा रहेकाले संविधानको मस्यौदा माथि हुने छलफल तथा परामर्श प्रभावित हुने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिरकारी कालीप्रसाद पराजुलीले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको भन्दै आवश्यकता परेमा नेपाली सेना समेत खटाईने जानकारी दिएका थिए ।
यता पूर्व निर्धारीत कार्यक्रम अनुसार मधेश अधिकार संघर्ष समिति मासले आह्वान गरेको जनकपुर बन्दको पहिलो दिनको बन्दीबाट जनजिवन प्रभावित भएको छ । जनकपुरका मुख्य चोक र राजमार्गमा बन्दको स्पष्ट प्रभाव देखिएको छ । जनकपुरको राम चोक, जनक चोक, भानु चोक, मिल्स एरीया, पिडारी चोक, रामानन्द चोक, बस पार्क सहितका दर्जनौँ चोकहरु तथा बजार स्थल पूर्ण रुपमा ठप्प छ । साथे मास युवाहरुले मोटरसाइकल रैली निकाली वजार बन्दको अनुगमन गर्दै हिडेकाहरुलाई जनकपुरका विभिन्न युवा संगठनहरुले समर्थन गरेको छ ।
















तपाईको प्रतिक्रिया