साहारा टाइम्स,रौतहट । रौतहटको गौरमा नगरपालिका भवनमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा सुझाव दिन नेपाल सद्भावना पाटीृको अध्यक्ष अनिल कुमार झा सभासद डिम्पल झालाई समेत रोक लगाएपछि सदभावनाको कार्यकर्ता र प्रहरी वीच झड हुदा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । झडपमा सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिहलगायत नेताहरुलाई झडपमा चोटपटक लागेको छ । सुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्तालाई प्रवेशमा निषेध गरेपछि अवस्था तनाबग्रस्त भएको थियो ।
प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा अध्यक्ष अनिल, सभासद डिम्पल झा, बबन सिंह लगायत विभिन्न नेताहरु माथी पनि प्रहरीले दमन गरेको छन् ।
मधेशवादी कार्यकर्ता र स्थानियहरुले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य उमाले र माओवादीहरुको आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन् ।
अझै पनि प्रहरी दमन भइरहेकोले स्थानिय र मधेशवादी दलहरु प्रतिरोधमा लागेको छ । अवस्था झनै तनाव ग्रस्त बनेको छ ।









तपाईको प्रतिक्रिया