Khadya Bibhag

सप्तरीमा संविधानको मस्यौदा जलाइयो

सप्तरी साउन ३ गते । सप्तरीका जिल्लाका विभिन्न गाविसहरुमा जनताका बीचमा छलफलका लागि पठाइएको संविधानको मस्यौदा विभिन्न स्थानहरुमा आगो लगाएर जलाइएको छ ।

      संविधानको मस्यौदा मधेश विरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले जलाएका हुन् । गाविस सचिवहरु मार्फत जनताका बीचमा छलफलका लागि पठाइएको मस्यौदा जिल्लाको भारदह, बथनाहा, डाडा, बोरिया, ईटहरी विष्णुपुर, कोचाबखारी र देउरी गाविसमा जलाइएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए । 

तपाईको प्रतिक्रिया