काठमाडौ साउन ३ गते । सविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न र राय सुझाव लिनका लागि सभासद्हरु आआफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । असार २४ गतेदेखि जिल्लाहरुमा सुझाव संकलन गर्ने, मस्यौदा वितरण गर्ने कार्य भइरहेको छ । सोही क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशका विभिन्न जिल्लामा कार्यक्रम विथोलेर मस्यौदा जलाउने कार्यक्रम गरिरहेको छ । रौतहट, धनुषा, पर्सा, सप्तरी, सिरहा लगायतका ठाउँमा मस्यौदालगायत अन्य कागजातहरु खोसेर जलाइरहेका छन् ।
भोलीदेखि पाँच गतेसम्म हुने निर्वाचन क्षेत्रका कार्यक्रमहरु पनि मधेशी मोर्चाका कार्यकर्ताहरुले विथोल्ने तयारी गरेका छन् । यसैबीच हामीलाई प्राप्त समाचार अनुसार सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आज आयोजना गरेको नगरस्तरीय सुझाव संकलन कार्यक्रम सुरु नहुदैँ विथोलिएको छ ।
मधेस केन्द्रीत दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम २ मिनेटमै स्थगित भएको छ । नगर अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव भोली पनि दिन सकिने भन्दे कार्यक्रम स्थगगित गरेको थियो । कार्यक्रम स्तगित भएको आधा घण्टा पछि इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक मधेसवादी दलका कार्यकर्ताहरुमाथि हातपात गरेका थिए । कार्यक्रम स्थगन भएको १ घण्टा पछि कार्यक्रम फिल्डमा रहेका २,४ जनालाई सुझाव दिन भन्दै कोठा भित्र लगेर उपस्थितीमा हस्ताक्षर गर्न लगाइएको थियो ।













तपाईको प्रतिक्रिया