Khadya Bibhag

तमलोपाको नेता काँग्रेसमा प्रवेश

काठमाडौ साउन ३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद राय आमात्य नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिल कोइरालाबाट टिका लगाई सक्रिय सदस्यता पनि ग्रहण गरेका छन् ।
जुन उद्देश्यका लागि मधेश आन्दोलन भएको थियो त्यसमा दलकौ  नेताहरु अडिग नरहेको र आफैमा टुक्रिएर मुद्दालाई कमजोर गरेको कारण आफूले तमलोपा छाडेको बताए । जबसम्म मधेशवादी दलहरु एक ठाउँमा आउँदैन तबसम्म मधेशको अधिकार प्राप्त हुँदैन तर मधेशवादी दलहरु आपसमा मिल्न नसक्ने अवस्था देखेर आफू काँग्रेसमा प्रवेश गरेको बताउँदै उनले काँग्रेसबाट नै देशको कल्याण हुने सम्भावना देखिएको बताए ।

तपाईको प्रतिक्रिया